ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

असिग्राम माविमा प्रधानमन्त्री : पहिले विद्यार्थी बनेर जानुहुन्थ्यो, अहिले भोटर बनेर जानुहुन्छ

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा उहाँले मतदान गर्नुभएको हो । 

उक्त मतदान केन्द्रसँग उहाँको साइनो केबल भोटर (मतदाता)का रूपमा मात्रै छैन, त्यो त्यही विद्यालय हो, जहाँ उहाँले प्राथमिक तहसम्मको अध्ययन गर्नुभएको थियो । 

देउवा डडलेधुरा–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । प्रधानमन्त्री देउवासँग नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल प्रतिस्पर्धामा छन् । मल्ल हालै कांग्रेस छाडेर नेपाली कांग्रेस (बीपी) प्रवेश गरेका हुन् ।  

मतदानपछि सञ्चारकर्मीहरूले भावी प्रधानमन्त्रीबारे सोध्दा प्रधानमन्त्री देउवाले आचारसंहिताका कारण जवाफ दिन नमिल्ने बताउनुभयो । 

विसं २०४८ बाट डडेलधुरादेखि निरन्तर चुनाव जित्दै आउनुभएका प्रधानमन्त्री देउवा अहिले सातौं पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार हुनुहुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro