ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

दार्चुलाको शैल्यशिखरमा गोली चल्यो, मतदान स्थगित

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
फाइल फोटो

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायर पछि  मतदान रोकिएको र पुन: सुचारु गर्ने प्रयास भइरहेको प्रहरी जनाएको छ  ।

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको विवादका क्रममा प्रहरीले चलाएको लठ्ठोले एक जना महिलाको टाउकोमा  लागेपछि विवाद शूरू भएको थियो  ।

स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro