ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एमाले उम्मेदवार आचार्यले मतदानकै दिन खुवाए मासुभात, मतदान केन्द्रसँगै भान्सा

२०७९ मंसिर, ४  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

धादिङ । नेकपा एमालेका तर्फबाट प्रदेशसभा उम्मेदवार बनेका  रमेश आचार्यले मतदानकै दिन मतदातालाई मासु भात खुवाएका छन् ।

धादिङ १ (१) का उम्मेदवार आचार्यले धुनीबेशी नगरपालिका २ स्थित साना किसान मावि मतदान केन्द्रसँगै भात भान्सा लगाएको पाइएको छ । उनले अन्य मतदान केन्द्रमा पनि मासु भातको व्यवस्था गरेको धादिङका मतदाताले बताएका छन् ।

उनले मतदान  गर्न जानुअघि मासु भात खाएर जाने व्यवस्था मिलाएका छन् । मतदानकेन्द्रबाट २/३ सय मिटरको दुरीमा भान्सा लगाइएको छ । अर्को बाटोबाट मतदान गर्न गएका स्थानीयहरू मतदान गरेर त्यहि बाटो फर्केर पनि मासु भात खाएर गएको स्थानीयले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro