ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

यस वर्ष होटल्स तथा पर्यटन क्षेत्रका सबै कम्पनी नाफामा, सोल्टी होटलले कमायो सबैभन्दा बढी

२०७९ मंसिर, ४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । धितोपत्र दोस्रो बजारमा होटल्स तथा पर्यटन क्षेत्रका चार कम्पनीहरू मात्र सूचीकृत छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण प्रभावित बन्दै आएको यो क्षेत्र पछिल्लो समय सामान्य बन्न थालेको छ । दोस्रो बजारमा होटल्स तथा पर्यटन क्षेत्रका सोल्टी होटल, ओरियण्टल होटल्स, तारागाउँ रिजेन्सी होटल्स र चन्द्रागिरि हिल्स सूचीकृत छन् । 

यी कम्पनीहरूले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । गत आवकाे पहिलो त्रैमाससम्म खुद नोक्सानीमा रहेको यी कम्पनीहरू यो आवमा भने नाफामा गएका छन् । कोरोना महामारीबाट प्रभावित बनेको यो क्षेत्र कोरोना महामारीको रोकथामको सकारात्मक प्रभावले पर्यटकीय गतिविधि विस्तारै चलायमान हुँदा होटल्स तथा पर्यटन क्षेत्रका कम्पनीहरूको नाफामा सुधार देखिएको हो । 

चालू आवको पहिलो त्रैमाससम्मको वित्तीय अवस्थालाई हेर्दा होटल्स तथा पर्यटन क्षेत्रमा चार कम्पनीहरूमध्ये सोल्टी होटल लिमिटेडले सबैभन्दा बढी खुद नाफा गरेको छ । सोल्टी होटल लिमिटेडले चालू आवको पहिलो त्रैमाससम्म रू. ११ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको हो । गत आवको  पहिलो त्रैमाससम्म रू. २ करोड ११ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस आवमा भने नाफा गर्न सफल भएको हो । होटल सञ्चालनबाट सोल्टी होटलले यस आवको तीन महिनामा रू. ४१ करोड ३२ लाखभन्दा बढी आम्दानी गरेको छ । गत आवको यस अवधिसम्म होटलको यो आम्दानी रू.१२ करोड ३६ लाखभन्दा बढी मात्र थियो । हाल सोल्टी होटलको चुक्तापूँजी रू. ८४ करोड २५ लाख ७९ हजार छ ।  रिटेन्ड अर्निङ र जगेडा कोष रकम रू. ९९ करोड ८७ लाखभन्दा बढी कायम भएको छ । 

त्यस्तै गत आवको पहिलो त्रैमाससम्म रू. ४ करोड ५५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले यस आवको सोही अवधिसम्म रू. २ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको छ । यस आवको तीन महिनामा कम्पनीले होटल्स सञ्चालनबाट रू. १८ करोड १५ लाखभन्दा बढी आम्दानी गरेको छ । गत आवको यस अवधिसम्म होटल्सको सञ्चालन आम्दानी रू. ५ करोड ३५ लाखभन्दा बढी मात्र थियो । हाल तारागाउँ रिजेन्सी होटल्सको चुक्तापूँँजी रू. १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार छ । जगेडा कोष रकम रू. ५६ करोड ३१ लाखभन्दा बढी कायम भएको छ । 

ओरियण्टल होटल्स लिमिटेडले यस आवको तीन महिनामा रू. १ करोड ११ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आवको पहिलो त्रैमाससम्म रू. ५ करोड ६३ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस आवमा नोक्सानी सुधार्दै खुद नाफा गर्न सफल भएको हो । गत आवमा रू. ३ करोड ६५ लाखभन्दा बढी सञ्चालन आम्दानी गरेको कम्पनीले यस आवमा रू. १९ करोड ६९ लाखभन्दा बढी सञ्चालन आम्दानी गरेको हो । हाल ओरियण्टल होटल्सको चुक्तापूँजी रू. १ अर्ब १२ करोड ८० लाख ९० हजार छ । जगेडा कोष रकम रू. ८८ करोड २६ लाखभन्दा बढी कायम भएको छ । 

होटल्स तथा पर्यटन क्षेत्र अन्तर्गतको अर्को कम्पनी चन्द्रागिरी हिल्स लिमिटेडले यस आवको तीन महिनामा रू. १ करोड ३१ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आवको यस अवधिसम्म रू. २ करोड ३७ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनी यस आवमा खुद नाफा गर्न सफल भएको हो । गत आवको तुलनामा यस आवमा सञ्चालनबाट आम्दानी बढी भएकाले कम्पनी खुद नाफामा गएको हो । गत आवमा रू. ११ करोडभन्दा बढी सञ्चालनबाट आम्दानी भएकोमा यस आवमा रू. १८ करोड ६४ लाखभन्दा बढी यो आम्दानी गरेको हो । हाल चन्द्रागिरि हिल्स लिमिटेडको चुक्तापूँजी रू. १ अर्ब ५३ करोड ४० लाख ९१ हजार छ । कम्पनीको जगेडा कोष रकम भने रू. ३८ करोड १३ लाखभन्दा बढी ऋणात्मक छ । गत आवभन्दा यस आवमा कम्पनीको जगेडा कोष रकमको ऋणात्मक अवस्था ८ दशमलव ६२ प्रतिशत कम भएको हो । 

यो क्षेत्रअन्तर्गत सूचीकृत चार कम्पनीहरूमध्ये चन्द्रागिरि हिल्स लिमिटेडको शेयरमूल्य भने सबैभन्दा बढी छ । पछिल्लो कारोबार दिन चन्द्रागिरि हिल्स लिमिटेडको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार २२ पुगेको छ । सोल्टी होटको शेयरमूल्य प्रतिकित्ता रू. २१२, ओरियण्टल होटल्सको प्रतिकित्ता रू. ४९८ र तारागाउँ रिजेन्सी होटल्सको शेयरमूल्य प्रतिकित्ता रू. ३४८ छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro