ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

२२ महीनापछि ट्विटरमा फर्किए ट्रम्प, मस्कको ‘पोल’पछि रिस्टोर भयो खाता 

२०७९ मंसिर, ४  
अन्तरराष्ट्रिय
Tvs Raider Image Not Found

काठमाडौं । झन्डै २ वर्षदेखि बन्द रहेको अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर खाता रिस्टोर भएको छ । ट्विटरका नयाँ मालिक एलन मस्कले ट्विट गर्दै ट्रम्पको खाता फेरि शुरु गर्ने भनेर सोधेका थिए । यसमा डेड करोडले ट्रम्पको खातालाई पुनः एक्टिभेट गर्नुलाई समर्थन गरेका थिए ।

सोही आधारमा मस्कले पछिल्लो निर्णय गरेका हुन् । मस्कले ट्विट गर्दै बहुमतले ट्रम्पको खातालाई पुनःबहाल गर्न भनेको बताएका थिए ।

ट्रम्प २२ महीनापछि ट्विटरमा फर्किएका छन् । गएको वर्ष जनवरीमा ट्विटरले ट्रम्पको खातालाई सधैंका लागि निलम्बन गरेकाे थियो । सत्ता परिवर्तनको समयमा ट्रम्पको ट्विटका कारण ह्वाई हाउसमा आक्रमण भएको थियो ।

यस घटनामा कयौं प्रदर्शनकारीको मृत्यु भएको थियो । हिंसामा उत्रिने आफ्ना समर्थकहरूलाई पूर्वराष्ट्रपति ट्रम्पले एक ट्विटमा क्रान्तिकारी भनेका थिए । मस्कको पोलमा ५२ प्रतिशतले ट्रम्पको ट्विटर खाता एक्टिभेट हुनुपर्ने माग गरेका थिए । ४८ प्रतिशत भने यसको विरुद्धमा थिए ।

आफूले नयाँ सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ बनाइरहेको र आफ्नो खाता एक्टिभेट गर्नुको तुक आफूले नदेखेको ट्रम्पको भनाइ छ । खाता एक्टिभेट भएपनि ट्रम्पले चलाउने/नचलाउने थाहा छैन । मस्कले ट्विटर खाता निलम्बन गरिएका कैथी ग्रिफिन, जर्डन पीटरसन र बेबीलोन बीका खाता पनि बहाल गरिदिएका छन् । एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro