ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रस्तावित १०.९८ प्रतिशत लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा 

२०७९ मंसिर, ४  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंक लिमिटेडले पुस ३ गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २ गतेको सञ्चालक समितिको बैठकले काठमाडौं, बालुवाटारस्थित आम्रपाली ब्यांकेटमा विहान ११ बजे साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारितका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

साथै बैंकले यस वर्ष वितरण गर्ने प्रस्ताव गरेको कुल १० दशमलव ९८ प्रतिशत लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकले हाल कायम चुक्तापूँजी रू. ११ अर्ब ३२ करोड ७३ लाख ७७ हजारको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । उल्लेखित प्रस्तावहरूसँगै सर्वसाधारण समूहतर्फ दुई जना सञ्चालनको निर्वाचनसमेत सभाले गर्नेछ । 

बैंकको अधिकृत पूँजी रू. १२ अर्बबाट वृद्धि गरी रू. १५ अर्ब पु¥याउने प्रस्ताव पनि बैंकले सभाका लागि तय गरेको छ । साधारण सभा प्रयोजनका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने बैंकले जानकारी दिएको छ । बुक क्लोजको आधारमा मंसिर १९ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro