ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौंमा ५५ % मत खस्यो, यी स्थानमा हुँदैछ मतगणना

२०७९ मंसिर, ४  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं ।प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन  अन्तरगत आइतवार सम्पन्न निर्वाचनमा काठमाडौं जिल्लामा ५५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार काठमाडौंको १० ओटा निर्वाचन क्षेत्रका ७६७ ओटा मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

आयोगका अनुसार अहिले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूबाट मत पेटिका संकलनको काम भइरहेको छ ।

यसैगरी ती निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० स्थानमा हुने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले बताएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएका छन् ।

काठमाडौं क्षेत्र नं १ को मतगणना अन्तरराष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । त्यस्तै  क्षेत्र नं २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नं ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नं ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवनमा हुनेछ ।


यसैगरी क्षेत्र नं.५ को मतगणना टोखाको श्रीसमाज भवनमा, क्षेत्र नं. ६ को मतगणना धर्मस्थलीमा र क्षेत्र नं. ७ को मतगणना बालाजुको जुडो हलमा हुने छ । क्षेत्र नं ८ को मतगणना स्वयम्भुको गितामाता स्कुलमा, क्षेत्र नं ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवनमा र क्षेत्र नं १० को मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro