ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले कति सिट जित्न सक्छ ?

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आम निर्वाचन २०७९ मा सबैभन्दा बढी चर्चा र चासोको विषय बनेको राजनीतिक दल कुनै छ भने त्यो राष्ट्रिय स्वतन्त्र पार्टी हो ।

निर्वाचनको केही समय अघि मात्रै दर्ता भएको यो दलका 'सेलिब्रेटी' अध्यक्ष रवि लामिछानेका कारण मात्र यसको चर्चा भएको होइन । काठमाडौं महानगरमा बालेन्द्र शाहलाई मेयर जिताउन खटिएको एउटा समूहले अहिलेका राजनीतिक दलको विकल्पको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई अघि सारेपछि यसको चर्चा ह्वात्तै बढेको छ ।

सामाजिक सञ्जालमा धेरै फ्लोअर्स भएका सामाजिक अभियान्ता, चलचित्र सेलिब्रेटी, समाजसेवी र बुद्धिजीवीले स्वतन्त्र पार्टी र स्वतन्त्र  व्यक्तिलाई समर्थन गरेपछि यसको चर्चा एकाएक चुलिएको हो ।

युवा मतदाताले अहिलेका राजनीतिक दलबाट वाक्क भएर विकल्प खोजीरहेका बेला रास्वपा एउटा विकल्पको रुपमा अघि आयो । स्वदेशमा भएका मतदाताले त विकल्प खोजे नै, विदेशमा भएका मतदाताले पनि आफ्नो परिवारलाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । यसको परिणाम रास्वपाले प्रत्यक्ष र समानुपातिकमा गरेर १० सिट भन्दा बढी जित्न सक्ने विभिन्न सर्वेक्षणले देखाइसकेका छन् । 

सर्वेक्षणमा रास्वपाले प्रतक्ष तर्फ नै ५ सिट सम्म जित्न सक्ने देखिएको छ । ठ्याक्कै यति नै सिट जितेन भने पनि रास्वपाले परमपरागत दलको विचार र नेतृत्वमाथि घण्टी भने बजाइसकेको छ ।

प्रत्यक्षमा कस कसले जित्न सक्छन् ?

सर्वेक्षण र विभिन्न एक्जिट पोलको अनुमान मिलेमा रास्वपाले चितवनमा २, काठमाडौंमा २ र नुवाकोटमा १ सिट प्रतक्षतर्फ नै जित्न सक्ने देखाएका  छन् । चितवन १ बाट हरि ढकाल, चितवन २ बाट रवि लामिछानेको सम्भावना बलियो देखिएको छ ।

ललितपुर ३ मा तोसिमा कार्की र काठमाडौं २ मा सोभिता गौतमको सम्भावना पनि बलियो देखिएको छ । त्यस्तै नुवाकोट २ मा सुमन पाण्डेको सम्भावना पनि बलियो देखिएको मिडिया सर्वेक्षण र एक्जिट पोलले देखाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro