ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पर्सामा सोमवारदेखि मात्रै मतगणना हुने, चार निर्वाचन क्षेत्रको दुई ठाउँबाट गणना गरिने

२०७९ मंसिर, ४  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । पर्सामा सोमवार बिहानदेखि मात्रै मतगणना शुरु हुने भएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार मतपेटिका संकलन कार्य जारी रहेकोले आइतवार मतगणना शुरु गर्न  नसकिएको हो ।

आइतवार राति अबेरसम्म मतपेटिका संकलन हुने भएकाले सोमवार बिहान सर्वदलीय बैठक बसेर मतगणना थालिने पर्साका प्रमुख निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

पर्सामा ४ ओटा प्रतितिधिसभा र ८ वटा प्रदेशसभा क्षेत्र छन् । क्षेत्र नम्बर १ र २ को वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मतगणनाको तयारी गरिएको छ ।

त्यस्तै ३ र ४ नम्बर क्षेत्रको मतगणना पोखरियास्थित जिल्ला उचांगल रामदेव कलवार नमूना प्राविधिक विद्यालयमा हुने जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro