ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आम चुनाव २०७९ : सबैभन्दा पाका मतदाता बने ११५ वर्षीय राइ, १०० नाघेका ३ जनाले गरे मतदान

२०७९ मंसिर, ४  
विविध
Tvs Raider Image Not Found

इलाम । इलाममा ११५ वर्षीय वृद्धले मतदान गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा फाकफोकथुम गाउँपालिका–७ सिकारी भञ्ज्याङका ११५ वर्षीय मनबहादुर राईले मतदान गरेका हुन् ।

फाकफोकथुम–७ स्थित सिंहदेवी मावि केन्द्रमा उनले मतदान गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उनको नागरिकतामा जन्ममिति विसं १९६४ उल्लेख छ । तत्कालीन एकतप्पा गाउँ पञ्चायत–५ मा राइको जन्म भएको हो । 

यस्तै म्याग्दीमा  १०७ वर्षीय वृद्ध र दार्चुलामा १०५ वर्षीय वृद्धले पनि मतदान  गरेका  छन् । म्याग्दीमा १०७ सात वर्षीय वृद्ध मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले मतदान गरेका हुन् ।

त्यस्तै मालिकार्जुन गाउँपालिका ८ दार्चुलाका १०५ वर्षीय रघुवर पन्तले पनि मतदान गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro