ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सोचेभन्दा चर्कोसँग बज्यो राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी, अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याउँछौ : लामिछाने

२०७९ मंसिर, ४  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले अपेक्षा गरेभन्दा राम्रो नजिता ल्याउने बताएका छन् । आज मतदान सम्पन्न भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले घण्टीले देशभर नयाँ तरङ्ग पैदा गरेको बताए । 

'देशभरको रिपोर्टिङले उत्साहित छु', उनले भने, 'सबै मतदाताले विश्वास गरेका छौँ है भन्नुभएको छ ।' उनले देशभर प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा आफ्नो पार्टीको पक्षमा बलियो रूपमा आउने बताए ।

'हामीले अपेक्षा गरेकोभन्दा पनि धेरै मत पाउँदैछौँ, देशभरबाट धेरै माया र विश्वास मतदाताले गर्नुभएको छ', उनले भने  ।

पहिलो पटक मतपत्रमा घण्टी चुनाव चिह्न देख्दा गर्वको महसुस भएको सभापति लामिछानेले बताए । 'एकछिन मतपत्र हेरेर बसेँ,' उनले भने, 'ठूलो जिम्मेवारी बोध महसुस भएको छ ।'

देशैभरि देखिएको उत्साह र जिम्मेवारीलाई बहन गर्न पार्टी तयार रहेको पनि उनको भनाइ छ । बलियो र दरिलो अभियानका साथ आएको भन्दै उनले पार्टी सरकारमा जान तयार भए पनि हतार भने नगर्ने बताए ।

लामिछानेले नागरिकता विषयमा निर्वाचन आयोगले सोधेको प्रश्नको विषयमा जवाफ दिन तयारी अवस्थामा रहेको पनि बताए । आयोगले तोकेको समय अवधिमा आफूले जवाफ दिने उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro