ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विश्वकप फुटबल : उद्‍घाटन खेलमा आयोजक कतार पराजित, इक्वेडरसामु निरिह

२०७९ मंसिर, ४  
समाचार विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्वकप फुटबल २०२२ को उद्‍घाटन खेलमा आयोजक कतार पराजित भएको छ । कतारको राजधानी दोहा स्थित अल बयत रंगशालामा भएको उद्‍घाटन खेलमा आयोजक कतार इक्वेडरसँग २-० गोल अन्तरले पराजित भएको हो ।

खेलको तेस्रो मिनेटदेखि नै हाबी भएको इक्वेडरले १५ औं मिनेटमा पहिलो गोल गरेको थियो । तेस्रो मिनेटमा इक्वेडरले गरेको गोललाई भिडियो रेफ्रिले अफसाइड दिएका थिए ।

कतारमाथि निरन्तर दबाब बनाइरहँदा ३० औ मिनेटमा इक्वेडरले दोस्रो गोल गरेको थियो ।

मध्यान्तरसम्म २-० ले अघि रहेको इक्वेडरले दोस्रो हाफमा थप गोल गर्न सकेन । कतारले पनि पाएका केही अवसर सदुपयोग गर्न नसक्दा खेल २-० मै टुँगिएको हो ।

जितसँगै इक्वेडरले ३ अंक प्राप्त गरेको छ । समूह ए मा आयोजक कतार सहित इक्वेडर, सेनेगल र नेदरल्यान्डस् छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro