ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

लगातार ४ खेल जितेको कतार ३ खेलमा एउटा पनि गोल नगरेको इक्वेडरसँग स्तब्ध

२०७९ मंसिर, ५  
समाचार विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । फुटबलमा कतार मध्य पूर्व एशियाको मध्यम स्तरको देश थियो । जब विश्वकप फुटबल आयोजनाको जिम्मा पायो, कतारले फुटबलमा राम्रै प्रगति गरेको थियो  

पछिल्लो ५ खेलमा अपराजित कतारले ४ खेल जितेको थियो । ५ खेलमा ८ गोल गरेको कतार छैटौं खेलमा भने इक्वेडरसँग २-० ले पराजित भयो । 

यस अघि एकपटक मात्रै इक्वेडरसँग आमनेसामने भएको कतारले २०१८ मा कतारमै भएको उक्त खेल ३ का विरुद्ध ४ गोल गरेर जितेको थियो । अहिले ठिक ४ वर्ष पछि पुनः घरेलु मैदानमा इक्वेडरको सामना गर्दा भने कतारले कुनै पनि समय इक्वेडरलाई टक्कर दिन सकेन ।

यस अघि कतारले खेलेको ५ मध्ये ४ खेल फिफा वरियतामा अलि पछिलतिर रहेका देश हुन् । उसले माथिल्लो वरियतामा रहेको चिलीसँग २-२ गोलको बराबरी खेलेको थियोे । यो मात्रै दुई महीना अघिको कुरा हो ।

कतारले त्यसपछि गुटेमाला, ह‍ोन्डुरस, पानामा र अल्बानियालाई हराएको थियो । यो मध्ये पानामासँग १ गोल खानु बाहेक अन्य देशले कतारलाई गोल गर्न सकेका थिएनन् ।

इक्वेडरले भने ५ मध्ये १ खेल मात्रै जितेको थियोे । ४ खेल बराबरीमा सकिएका थिए, त्यो पनि ग‍ोलरहित । तर ती सबै फिफा वरियतामा अलि माथि रहेका देश थिए । इक्वेडरले मेक्सिको, जापान, साउदी अरब र इराकसँग गोलरहित बराबरी खेलेको थियो ।

आफूभन्दा बलिया टिमसँग बराबरी खेलेर आत्मविश्वासी भएको इक्वेडरले कतारलाई उसकै घरेलु मैदानमा निरीह बनाएको हो । 

उद्घाटन खेल जितेर सुखद शुरुवात गर्ने दाउमा रहेको कतारलाई इक्वेडरका खेलाडी इन्नर भ्यालेन्सिया भारी भए । उनले खेलमा झन्डै ह्याटि्रक गरेका थिए । उनको पहिलो गोललाई रेफ्रिले मान्यता नदिएपछि उनको नाममा २ गोल मात्रै लेखिएको छ ।

खेलमा इक्वेडरका ४ खेलाडीले पहेँलो कार्ड पाउँदा कतारको भने २ खेलाडीले मात्रै पहेँलो कार्ड पाएका थिए । इक्वेडरले ६ सट प्रहार गर्दा कतारले ५ सट प्रहार गरेको थियोे । इक्वेडरको ६ मध्ये ३ सट गोलपोस्टभित्र थिए । त्यसमध्ये २ सट गोलमा परिणत भए । तर, कतारले भने ५ मध्ये १ सट पनि गोलपोस्ट भित्र पार्न सकेन । समग्रमा इक्वेडरले ५३ प्रतिशत बल पोसेसन राख्दा कतारले ४७ प्रतिशत मात्रै बल नियन्त्रणमा राख्न सक्यो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro