ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आर्थिक संकटका लागि नोबेल पुरस्कार विजेता दोषी

२०७९ मंसिर, ५  
१० वर्ष अघि
Tvs Raider NA

के नोबेल पुरस्कारले सन् ३० को दशकको महामन्दीपछिको  सबैभन्दा ठूलो विश्वव्यापी आर्थिक मन्दी सिर्जनामा  सहयोग पुर्‍यायो ? नासिम तालेबले आफ्नो पुस्तक ‘द ब्ल्याक  स्वान’मा अर्थशास्त्रमा दिइने नोबेल पुरस्कार र त्यसले प्रशंसा गरेका आर्थिक सिद्धान्तहरू यो आरोपका हिस्सेदार भएको बताएका छन् ।

‘म ती आर्थिक मोडेलहरूबाट भएको हानि परिपूर्ति होस् भन्ने चाहन्छु । नोबेलले त्यस काममा सहयोग गरिरहेको छैन । नोबेल यो संकटका लागि अधिक नभए पनि केही न केही जिम्मेवार त हुनैपर्छ,’ तालेबले टेलिफोनमा भने । नोबेल पुरस्कारको पहिलो घोषणा आउँदो सोमवार गरिनेछ र त्यसको एक हप्तापछि अक्टोबर ११ मा अर्थशास्त्रतर्फको घोषणा हुनेछ । तालेबका अनुसार यी सिद्धान्तहरूमा जोखिमको पूर्वानुमान र मापनका धेरै गलत अवधारणाहरू निश्चित छन् जसले सन् २००८ को जस्तो विश्वव्यापी आर्थिक संकट ल्याउँछन् । तर, नोबेल पुरस्कारले यस्ता गलत अवधारणालई स्वीकृतिको लाहाछाप लगाएको र ती अवधारणा फैलिन दिएको छ ।

तालेब विश्व आर्थिक मन्दीपूर्व  डेरिभेटिभ कारोबारबाट प्रशस्त फाइदा लिएका व्यापारी हुन् । सन् २००७ मा ब्ल्याक स्वान प्रकाशित गरेर आर्थिक मन्दी चरम अवस्थामा पुगेका बेला पनि यिनले करोडौं आम्दानी गरेका थिए । जसको नाम सम्झिँदा पनि उनको रगत उम्लन्छ यस्तो केही पूर्वनोबेल पुरस्कार विजेता र ख्यातिप्राप्त अर्थशास्त्रीहरूको सूची उनले ओकले ।

वर्ष ६, अंक २४, बिहीवार, १४ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro