ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

जीवन बीमा कम्पनीको नाफा ५८ प्रतिशत बढ्यो, सबैभन्दा अगाडि ज्योति लाइफ इन्स्योरेन्स

२०७९ मंसिर, ५  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । १९ ओटा जीवन बीमा कम्पनीहरूले चालू आवको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्  । वित्तीय विवरण अनुसार जीवन बीमा कम्पनीहरूको नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा  ५८ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कुल रू. १ अर्ब ८ करोड  नाफा कमाएका ती कम्पनीहरूको नाफा चालू आवमा बढेर रू. १ अर्ब ७१ करोडभन्दा बढी पुगेको हो ।

चालू आवमा कम्पनीहरूको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । बीमा कम्पनीहरूले धेरै लगानी बैंकहरूको मुद्दती निक्षेपमा गर्ने गर्दछन् । पछिल्लो समय बैंकमा मुद्दती निक्षेपको ब्याजदर उच्च रहेको छ । सोही कारण पनि चालू आवमा बीमा कम्पनीहरूको नाफामा वृद्धि भएको हो । 

१९ ओटा कम्पनीहरूमध्ये सबैभन्दा धेरै नाफा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले चालू आवमा रू. २१ करोड ५२ लाख नाफा कमाएको हो । यो नाफा गत आवको तुलनामा १३३ प्रतिशत वृद्धि भएको हो । गत आवमा कम्पनीले रू. ९ करोड २२ लाख नाफा कमाएको थियो । त्यसैगरी दोस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले रू. २० करोड ७३ लाख नाफा कमाएको छ । प्रतिशतका आधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको नाफा गत आवको तुलनामा चालू आवमा २५ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवमा ७० लाख ३३ हजार नाफा कमाएकोमा चालू आवमा बढेर रू. १७ करोड ५७ लाख पुगेको हो । चालू आवमा कम्पनीको आम्दानी बढेसँगै नोक्सानीको लागि व्यवस्था घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो । 

१९ कम्पनीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल नोक्सानीमा रहेको छ । चालू आवमा उक्त कम्पनीले रू. ५९ लाख २९ हजार नोक्सानी व्यहोरेको छ । 

त्यसैगरी युनियन लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सको नाफा घटेको छ । गत आवको तुलनामा चालू आवमा युनियन लाइफ इन्स्योरेन्सको नाफा १९ प्रतिशत र प्राइम लाइफ इन्स्योरेन्सको नाफा  ५७ प्रतिशत घटेको हो ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro