ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मतगणनाकाे प्रारम्भिक नतिजा : कुन क्षेत्रमा कुन दल अगाडि ?

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभरका विभिन्न स्थानमा मतगणना जारी छ । मतगणना जारी भएका स्थानमध्ये ९ स्थानको प्रारम्भिक नतिजा सार्वजनिक भइसकेको छ । 

सोमवार बिहानसम्म सार्वजनिक प्रतिनिधिसभा निर्वाचन क्षेत्रकाे मतगणनाकाे प्रारम्भिक नतिजा अनुसार एमालेले ५ स्थानमा अग्रता बनाएको छ । कांग्रेसले २ स्थानमा अग्रता बनाउँदा राष्ट्रिय स्वतन्त्र पार्टी २ स्थानमा अगाडि छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार मतदान भएकाे थियाे । 

कहाँ को अगाडि ? 

एमाले उम्मेदवारले अग्रता लिएका क्षेत्र 

झापा–२, देवराज घिमिरे (३२४) 

धनुषा–३, जुली कुमारी महतो (२५७) 

ललितपुर–१, नवराज सिलवाल (६६७) 

ललितपुर–२, प्रेम बहादुर महर्जन (१३१७)  

ललितपुर–३, अमृत खड्का (७५७) 

कांग्रेस उम्मेदवारले अग्रता लिएका क्षेत्र 

मुस्ताङ–१, योगेश गौचन थकाली (२०३५) 

भक्तपुर–२, दुर्लभ थापा (२२३०) 

स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका क्षेत्र

काठमाडौं–७, गणेश पराजुली (१७७) 

कास्की–२, माधव प्रसाद कँडेल (३०७)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro