ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चार निर्जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको कति लाभांश ?

२०७९ मंसिर, ५  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । हालसम्ममा चार ओटा निर्जीवन बीमा कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

प्रिमियर इन्स्योरेन्स कम्पनी, सिद्धार्थ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । ती चार ओटा कम्पनीले गत आव २०७८/  ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । 

प्रिमियर इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्तापूँजीको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर रहेको छ । कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त कम्पनीले अघिल्लो आवको मुनाफाबाट गत वर्ष १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा यस कम्पनीले यस वर्ष नगद लाभांशमा जोड दिएको छ । 

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले भने यस वर्ष शेयरधनीलाई नगद लाभांशमात्रै दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ९ दशमलव ४८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले गत वर्ष शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीले यस वर्ष शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । गत वर्ष कम्पनीले शेयरधनीलाई ११ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

त्यसैगरी युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ। यस कम्पनीले शेयरधनीलाई आव २०७२/ ७३ पछि बल्ल लाभंश दिन लागेको हो ।

सो आवमा कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । ती कम्पनीले प्रस्ताव गरेको लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro