ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सुनचाँदीको मूल्य घट्यो, कति छ आजको बजार भाउ ?

२०७९ मंसिर, ५  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्थानीय बजारमा आज सोमवार सुनको मूल्य तोलाको ६०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेर १ हजार २६५ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २८० रूपैयाँमा कारोबार भएको थियो । 

अन्तरराष्ट्रिय बजारमा पनि आज सुनको मूल्य घट्दो क्रममा छ । आज (नेपाली समय अनुसार बिहान ११ : १५ बजे) न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७४५ दशमलव ९८ डलर पुगेको छ । अघिल्लो कारोबार दिन (शुक्रवार) स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ७४९ डलरमा ८५ पैसामा बन्द भएको थियो ।

त्यसैगरी,  आज डलरको मूल्य स्थिर छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ कायम भएको छ । अघिल्लो दिन‌ पनि एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ०० पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro