ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

फिफा विश्वकप फुटबल  : आज  तीन ओटा खेल हुँदै       

२०७९ मंसिर, ५  
खेल विविध विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ प्रतियोगिता अन्तर्गत सोमवार तीन ओटा खेल हुँदैछ ।     

कतार विश्वकप फुटबलमा समूह ‘ए’ अन्तर्गत एक खेल हुनेछ भने समूह बीमा दुई ओटा खेल हुनेछ । पहिलो खेल समूह ‘बी’ मा रहेका इङ्ग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बेलुका ६ : ४५ बजे शुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।     
     
त्यसैगरी समूह ‘बी’अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२ : ४५ बजे शुरु हुनेछ । त्यस्तै समूह ‘ए’ मा रहेका सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।  उक्त खेल राति ९ : ४५ बजे शुरु हुनेछ । विश्वकपमा विभिन्न ३२ ओटा राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । यस विश्वकपमा कुल ६४ ओटा खेल हुनेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा पुग्नेछन् ।     
फिफा विश्वकप फुटबल प्रतियोगिताको आइतवारको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ ।     
     
कतारको अल बेयत रङ्गशालामा आइतवार राति सम्पन्न खेलमा इक्वेडरले कतारलाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । इक्वेडरको जितमा एनर भ्यालेन्सिया नायक बने । उनले खेलको १७ औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गर्दै खाता खोले । गोलरक्षक साद अलसिबले पेनाल्टी क्षेत्रभित्र लडाएपछि इक्वेडरले पेनाल्टी प्राप्त गरेको थियो । जसलाई एनरले गोल गर्न सफल भए ।     
     
त्यस्तै खेलका ३१ औं मिनेटमा एनरले व्यक्तिगत दोस्रो गोल गर्दा इक्वेडरको जित सुनिश्चत भयो । उनले एन्जेलो प्रेसियाडोको क्रस बललाई सदुपयोग गर्दै गोल गरे । यसपछि थप गोल हुन नसकेपछि खेल इक्वेडरले कतारमाथि २–० को सहज जित हात पारयो । यस खेलसँगै इक्वेडरले शीर्ष तीन अङ्क जोडेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro