ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसले खोल्यो खाता, को हुन् निर्वाचित २९ वर्षीय थकाली ?

२०७९ मंसिर, ५  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ ।

मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचन थकाली प्रतिनिधिसभा निर्वाचन २०७९ मा विजयी हुने पहिलो उम्मेदवार बनेका छन् ।

मुस्ताङमा ७ हजार २३० मत खसेकोमा थकालीले ३ हजार ९९६ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा  एमालेका प्रेम प्रसाद तुलाचनले ३ हजार ७८ मत ल्याएका छन् ।

निर्वाचित भएका थकाली नेपाली कांग्रेसका पुराना नेता रोमी गौचन थकालीका छोरा हुन् । उनी अहिले जम्मा २९ वर्षका भए ।

विभिन्न कृषि र पर्यटन व्यवसायमा संग्लग्न थकाली अविवाहित छन् । उनले बिजनेश म्यानेजमेन्टमा स्नातकसम्मको अध्ययन गरेका छन् । राजनीतिक  पृष्ठभूमि नभएपनि उनले पहिलो पटक नै जित निकालेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro