ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

यी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएका ४ क्षेत्र, सबैभन्दा धेरै काठमाडौंमा

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीले ४ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । सबैभन्दा धेरै अग्रता लिनेमा नेकपा एमाले पहिलो नम्बरमा छ भने रास्वपा दोस्रो नम्बरमा छ ।

एमालेले ६ ठाउँमा अग्रता लिंदा  रास्वपाले ४ ठाउँमा र नेपाली कांग्रेसले १ जित सहित ३  ठाउँमा अग्रता लिएको छ ।

रास्वपाले काठमाडौंका ३ निर्वाचन क्षेत्र र पोखराको १ निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् ।

काठमाडौं ६,७,८ र कास्की २ मा रास्वपाले अग्रता लिएएको छ । 

काठमाडौं ६ मा शिशिर खनालले ८० मत ल्याउँदा एमालेका सर्वेन्द्र खनालले ५१ मतसहित पच्छ्याइरहेका छन् । काठमाडौं ७ मा गणेश पराजुलीले ३७५ मत ल्याउँदा एमालेका श्याम घिमिरेले ३०४ मत  ल्याएका छन् ।

काठमाडौं ७ मा विराजभक्त श्रेष्ठले ६०७ मत ल्याउँदा हाम्रो नेपाल पार्टीका सुमन सायमी ५९१ मत सहित पच्छ्याइरहेका छन् ।

त्यस्तै कास्की २ मा माधव कँडेलले ५६१ मत ल्याउँदा एमालेकी विद्या भट्टराईले ४१७ मत ल्याएकी छिन् ।

कुनै कुनै ठाउँमा गणना भएको मत मध्ये ४० प्रतिशतसम्म रास्वपाले पाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro