ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रामचन्द्र पौडेलको गृहजिल्लामा दिउँसो १ बजेदेखि मतगणना हुने

२०७९ मंसिर, ५  
गण्डकी प्रदेश
Tvs Raider Image Not Found

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा मतगणना सोमवार (आज) दिउँसो १ बजेदेखि शुरू हुने भएको छ । 

राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो । आइतवार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न ढिलाइ हुन गएको हो । ‘बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो,’ उनले भने । 

पौडेल लाेकतान्त्रिक वाम गठबन्धनबाट तनहुँ-१ का उम्मदेवारसमेत हुन् । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएकाे थियाे । तनहुँमा ५४ प्रतिशत मत खसेको बताइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro