ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

यी ८ स्थानमा एमालेकाे अग्रता, कुन उम्मेदवारकाे कति मत ?

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं। प्रतिनिधिसभाका २० निर्वाचन क्षेत्रमध्ये एमालेले ८ स्थानमा अग्रता बनाएकाे छ । साेमवार दिउँसाेसम्म सार्वजनिक मतगणनाकाे प्रारम्भिक नतिजा अनुसार एमालेले झापा-२, बाँके-३, धनुषा -३, ललितपुर-१, ललितपुर-२, ललितपुर-३, काठमाडौं-९ र दैलेख-१ मा अग्रता लिएकाे छ ।

झापा-२ मा नेकपा एमालेका देवराज घिमिरेले अग्रता लिएका छन् । उनले १४३२ मतसहित अग्रता लिँदा उनलाई नेकपा माओवादी केन्द्रका हरिकुमार रानाले ८३९ मतसहित पछ्याइरहेका छन् ।

बाँके-३ मा एमालेका किस्मत कुमार कक्षपति ३०० मतसहित अग्रता लिँदा दाेस्राे स्थानका नेपाली कांग्रेसका किशोर सिंह राठोरले १०० मत पाएका छन् । त्यस्तै, धनुषा -३ मा जुलीकुमारी महतो ६०८ मतसहित अग्रस्थानमा रहँदा  जनमत पार्टीका शम्भुनाथ साहले ३२० मतसहित पछ्याइरहेका छन् ।

ललितपुरका ३ ओटै क्षेत्रमा एमालेले नै लिड गरिरहेको छ । ललितपुर-१ मा नवराज सिलवाल ६६७ मतले अगाडि छन् भने उनलाई कांग्रेसका उदयशम्शेर जवराले ४०१ मतसहित पछ्याइरहेका छन् । 

ललितपुरका-२ मा प्रेमबहादुर महर्जन १३१७ मतसहित अगाडि छन् । साे क्षेत्रमा हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १०९७ मत ल्याएर दाेस्राे स्थानमा छन् । 

ललितपुरका-३ मा अमृत खड्काले ८१३ मत पाउँदा उनलाई माओवादी केन्द्रकी पम्फा भुसालले ७१६ मतसहित पछ्याइरहेकी छन् ।  

काठमाडौं-९ मा एमालेका कृष्ण गाेपाल महर्जनले ५६४ मतले अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पाेखरेल ३ मतले पछाडि छन् । उनले ५६१ मत पाएका छन् । 

दैलेख-१ मा रविन्द्रराज शर्माले ५५ मत पाउँदा नेकपा एकीकृत समाजवादीका अम्मरबहादुर थापाले ३६ मतसहित पछ्याइरहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro