ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

२१ क्षेत्रको प्रारम्भिक मतपरिणाम : एमालेले लियो ९ क्षेत्रमा अग्रता, कांग्रेस र रास्वपा बराबर

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । हाल सम्म प्रारम्भिक नतिजा सार्वजनिक भएका २१ निर्वाचन क्षेत्र मध्ये नेकपा एमालले एक्लैले ९ स्थानमा अग्रता लिएको छ । एमालेले  झापा - २, बाँके -३, काठमाडौं -९ , धनुषा -३, ललितपुर - १ ,  ललितपुर - २ , ललितपुर - ३, दैलेख -१ र दाङ -३  गरी ९ स्थानमा अग्रता लिएको छ । 

त्यस्तै नेपाली कांग्रेसले मुस्ताङ -१ बाट विजयी शुरुवात गरेको छ । उसले अन्य ४ स्थानमा प्रारम्भिक अग्रता लिएको छ । भक्तपुर - २, काठमाडौं -१०,  काठमाडौं -१,  काठमाडौं -४ गरि जम्मा ४ स्थानमा अग्रता लिएको छ । 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिलेसम्म ४ स्थानमा अग्रता लिएको छ ।  काठमाडौं -६,  काठमाडौं -७,  काठमाडौं -८ र कास्की -२ मा प्रारम्भिक अग्रता लिएको छ ।

भक्तपुर -१ र झापा -३ मा  राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिँदा सप्तरी -२ मा जनमत पार्टिले सुरुआती अग्रता लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro