ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

मनाङको प्रदेश सभामा पनि नेपाली कांग्रेस विजयी, अहिलेसम्म ३ ठाउँमा जित हाँसिल

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् ।

सोमवार साँझ सकिएको मत गणनाअनुसार प्रदेशसभा क्षेत्र (१) का उम्मेदवार मुनिन्द्रले १२५५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनबहादुर गुरुङले ९२५ मत पाएको मनाङका मुख्य निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको मनाङको प्रदेश सभा (२) मा राजिव गुरुङ उर्फ दिपक मनाङे निर्विरोध निर्वाचित भएका थिए ।

अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभा तर्फ १ र प्रदेश सभातर्फ ३ ठाउँमा जित निकालेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro