ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

गठबन्धन गरेको कांग्रेस र एक्लै लडेको एमालेको अग्रता संख्या करीब बराबरी, एमाले ७ स्थान मात्रै पछि

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं।    देशभरका ४० निर्वाचन क्षेत्रको मतगणनाको प्रारम्भिक नतिजा आउँदा एमाले एक्लै १२ स्थानमा अगाडि थियो  । सोमवार दिउँसो साढे ३ बजेसम्मको मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेपाली कांग्रेस, नेकपा मा‌ओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलको गठबन्धनले भने १४ स्थानमा अग्रता बनाएका थिए । 

तीमध्ये कांग्रेसले १२ स्थानमा अग्रता बनाएका थियो । गठबन्धनको अर्को दल माओवादी केन्द्र जम्मा १ क्षेत्रमा अगाडि थियो। अहिले माओवादीले र नेकपा एकिकृत समाजवादीले आफ्नो अग्रता बढाउँदै समान ९ स्थानमा अग्रता लिएका छन् ।

कांग्रेसले मुस्ताङमा विजय हासिल गरेको नतिजा आएपछि एकाएक अग्रता लिंदै गयो। एमालेभन्दा दोब्बर अगाडी देखिएको काँग्रेसले ३७ स्थानमा अग्रता कायम गर्दा एमालेको मात्रै १७ स्थानमा अग्रता लिएको थियो । जसले गर्दा काँग्रेसले अप्रत्याशित नतिजा ल्याउन सक्ने आँकलन हुन थालेको थियो ।

तर, पछिल्लो समय खोलिएका मतपेटिकाबाट प्राप्त नतिजाले भने एमाले कांग्रेसको लगभग समान हैसियत देखाउने संकेत गरिरहेको छ । अहिले नेपाली कांग्रेसले ३८ स्थानमा अग्रता लिंदा एमाले ३१ स्थानमा अघि छ । जुन कांग्रेसको भन्दा ७ स्थान मात्रै कम हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro