ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ज्ञानेन्द्र शाहीको राजनीतिक छलाङ : गणना भएको ६० प्रतिशत भोट हलोमा, 'जुम्लाका जनताले पत्याए'

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । जुम्लाको एकमात्र प्रतिनिधिसभा क्षेत्रमा जारी मतगणनामा राप्रपाका ज्ञानेन्द्र शाहीले फराकिलो अग्रता बनाएका छन् ।

४ हजार ४४१ मत गणना हुँदा राप्रपाका शाहीले २ हजार ६०० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (माओवादी केन्द्र)की उम्मेदवार गोमा (कुँवर) ले १ हजार ५० मत प्राप्त गरेकी छन् । 

त्यस्तै एमालेका रतननाथ योगीले ४४७ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका डिल्ली काफ्लेले ६५ मत प्राप्त गरेका छन् ।

राप्रपाका शाहीले पाएको मत बाँकी सबै उम्मेदवारले पाएको मतभन्दा पनि बढी हो । उनले कुल गणना भएको मत मध्ये ५९ प्रतिशत मत पाएका छन् । 

पहिलोपटक चुनाव लडिरहेका शाहीले शुरुवातदेखि नै अग्रता लिएका थिए । त्यसपछि उनले एकपटक पनि पछाडि फर्कनु परेको छैन । शाहीले गणना भएको कुल मतको ६० देखि ६५ प्रतिशत मत आफ्नो पक्षमा पारिरहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro