ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सिन्धुपाल्चोक-२ मा कांग्रेसका मोहन बस्नेत एमालेका तामाङभन्दा दोब्बर मतले अगाडि

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतले अग्रता लिएका छन् ।

जारी मतगणनामा बस्नेतले २ हजार २३६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा (एमाले)का शेरबहादुर तामाङले १ हजार २८६ मत प्राप्त गरेका छन् । तामाङविरुद्ध बस्नेत शुरुवातमै १ हजार मतको अग्रता लिएका छन् ।

सिन्धुपाल्चोक १ मा यस अघि पनि तामाङ विजयी भएका थिए । बस्नेत २०७४  को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट चुनाव लडेका थिए । त्यतिबेला एमाले माओवादी गठबन्धनबाट अग्नी सापकोटाले बस्नेतलाई पराजित गरेका थिए । यसपटक बस्नेतले क्षेत्र परिबर्तन गरेर चुनाव लडेका छन् ।

त्यस्तै, क्षेत्र नं २ को प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले २ हजार १६३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका अमान सिंह तामाङले १ हजार २४८ मत प्राप्त गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro