ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कैलाली -४ : एमालेका भट्ट र कांग्रेसका बलायरबीच २१ मतको मात्रै अन्तर

२०७९ मंसिर, ६  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता लिएका छन् ।

मतगणनाको शुरुवातदेखि नै अग्रता लिइरहेका नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै भट्ट अघि लागेका छन् ।

कुल ७ हजार ५४५ मतको गणना सकिँदा भट्टले ३ हजार ४९४ मत प्राप्तगरेका छन् । कांग्रेसका बलायरले ३ हजार ४७३ मतसहित पछ्याइरहेका छन् । दुई नेताबीचको मतान्तर २१ मतको मात्रै मतान्तर छ ।

मतगणनाको शुरुदेखि बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । उनीहरु थोरै मतान्तरले अघिपछि देखिएका छन् । भट्ट एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् भने बलायर कांग्रेसको प्रदेश सभापति हुन् ।

दुवै जना पूर्वमन्त्री पनि भएकाले यस क्षेत्रको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । त्यसमाथि भट्ट नेकपा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका नेता हुन् भने बलायर डोटी छोडेर कैलालीबाट चुनाव लडिरहेका नेता हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Sangam kurmi

[Nov 22, 2022 07:04am]

Province no. 5 ko garna



   

TVCNepali Patro