ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं १० : समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, प्रत्यक्षतर्फ दोस्रो स्थानमा

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । काठमाडौं १० को मतगणना अनुसार समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो नम्बरमा आएको छ । प्रत्यक्ष तर्फ भने झिनो मतान्तरले रास्वपा उम्मेदवार दोस्रो स्थानमा छन् ।

पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसी ३ हजार ९८३ मत सहित अग्रता लिंदा राष्टिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले २ हजार ८८३ मतका साथ पछ्याई रहेका छन् ।

तेस्रो स्थानमा नेकपा (एमाले)का हिमेश केसीले २ हजार ४२७ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं १० मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले २ हजार २५ मत प्राप्त गरेको छ । दोस्रोमा कांग्रेसले १ हजार ९९० मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले १ हजार १५३ मत प्राप्त गरेको छ ।

अहिलेसम्म देशभरबाट २५ हजार भन्दा बढी मत ल्याएर रास्वपा तेस्रो ठूलो दल बनेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro