ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

समानुपातिक मतगणना : एमालेले ५७ हजार मत ल्याउँदा एकीकृत समाजवादीको २५ सय मात्रै 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत देशभर मतगणना जारी छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ४ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ, जसमा ३ क्षेत्रमा नेपाली कांग्रेस र १ मा नेकपा एमालेले जित हासिल गरेका छन् । 

समानुपातिकतर्फको मतगणना पनि जारी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार मंगलबार बिहान ८ः३० सम्म समानुपातिकतर्फ एमालेले अग्रता लिएको छ । उसले ५७ हजार ११६ मत ल्याएको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीको समानुपातिक मत भने उसको ५ प्रतिशत मात्रै छ । हालसम्म एकीकृत समाजवादीले २ हजार ५९१ मत पाएको छ । समानुपातिक मतका आधारमा ऊ नवौं स्थानमा छ । 

समानुपातिक मततर्फ दोस्रो स्थान छ, नेपाली कांग्रेस । उसले ५१ हजार १८१ मत पाएको छ । यो मतका आधारमा तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । निर्वाचनको केही समयअघि मात्रै दर्ता भएको उक्त पार्टीले २५ हजार ५५९ मत ल्याएको छ । उसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ तेस्रो बढी मत पाएको नेकपा माओवादी केन्द्रलाई ३ हजारभन्दा बढी मतले उछिनेको छ । माओवादी केन्द्रको मत २२ हजार २५४ छ । 

समानुपातिक मतका आधारमा पाँचौं स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भने १२ हजार ६१६ मत ल्याएको छ । समानुपातिक मतका आधारमा छैटौंदेखि दसौं स्थानमा क्रमशः जनमत पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, नेपाल, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro