ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एमालेको नतिजा उल्टिन सक्ने यी निर्वाचन क्षेत्र, जहाँ २/४ मतको मात्रै मतान्तर छ

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेले हाल सम्म १ स्थानमा विजय हासिल गर्दा ३८ स्थानमा अग्रता कायम गरेको छ । एमालेले अग्रता कायम गरेका केही क्षेत्र यस्ता छन जहाँ २/४ मतको मात्रै मतान्तर छ । ती निर्वाचन क्षेत्रहरूमा सिन्धुली, कपिलवस्तु,सिराहा लगायतका ठाउँमा छन् ।

सिन्धुली -१ मा नेकपा एमालेका प्रदिप कुमार कटुवाल क्षेत्री (के सी) ६४९ मतले अगाडि छन् । उनलाई नेपाली कांग्रेसका श्‍याम कुमार घिमिरेले ६३३ मत ल्याएर पछ्याइरहेका छन् । यहाँ मात्रै १४ मतको अन्तर रहेको छ ।
झापा -४ मा नेकपा एमालेका लाल प्रसाद साँवा लिम्बूलाई राष्ट्रिय स्वतन्त्रका पार्टीका  शम्भु प्रसाद ढकालले पछ्याइरहेका छन् । लिम्बूले ४२०४ मत पाउँदा ढकालले  ४१७० मत पाएका छन् । यहाँ जम्मा २४ मतको मात्रै अन्तर रहेको छ । 

कपिलवस्तु -१ मा नेकपा एमालेका बलराम अधिकारीले ५०६ मत सहित अग्रता लिएका छन् । उनलाई माओवादी केन्द्रका चक्रपाणी खनालले ४२१ मत सहित पच्छ्याइरहेका छन् । यहाँ ७५ मतको मात्रै फरक रहेको छ ।

सिराहा -१ मा नेकपा एमालेका राम शंकर यादव १२०२ मतले अग्रता लिंदा नेपाली कांग्रेसका पदम नारायण चौधरी १२०० मत सहित पच्छ्याइरहेका छन् । यहाँ जम्मा २ मतको मात्रै अन्तर रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [1]
User Image

राम अवाल

[Nov 22, 2022 03:55am]

समाचार सम्बन्धित थप समाचार र घटनाक्रम थप जानकारी पाउ



   

TVCNepali Patro