ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

लुम्बिनी विकास बैंकद्वारा लाभांश घोषणा, बोनस शेयर कति ?

२०७९ मंसिर, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लुम्बिनी विकास बैंकले आव २०७८/ ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ९ प्रतिशत नगद लाभांश(करसहित) र ३ प्रतिशत बोनस शेयर  वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । यसरी हेर्दा गत वर्ष भन्दा यस वर्ष कम्पनीले नगद लाभांशमा जोड दिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro