ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १६.५१ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

२०७९ मंसिर, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७८/ ७९ को लागि प्रस्ताव गरेको कुल १६ दशमलव ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

यस वर्ष कम्पनीले कर समेत उक्त नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि मंसिर २५ गते ३६औं वार्षिक साधारण सभा बोलाएको कम्पनीले सभा प्रयाजनका लागि मंसिर ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

बुक क्लोजको आधारमा मंसिर ६ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुने छन् । गत वर्षको तुलनामा यस वर्ष कम्पनीले बढी लाभांश वितरण गर्न लागेको हो । नगद लाभांशमा यो वर्ष जोड दिएको कम्पनीले गत वर्ष भने १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले वितरण गरेको लाभांशको इतिहासलाई हेर्दा आर्थिक वर्ष २०७३/ ७४ को मुनाफाबाट हालसम्मकै उच्च १०५ दशमलव २६ प्रतिशत लाभांश वितरण गरेको थियो । सो समयमा कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम रू. ८ अर्ब पूँजी कायम गर्नका निम्ति १०० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro