ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो कति छ आजको बजार भाउ ?

२०७९ मंसिर, ६  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौ । स्थानीय बजारमा आज मंगलवार सुनको मूल्य तोलाको ३०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमवार सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले बढेर १ हजार २८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २६५ रूपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी,  आज डलरको मूल्य पनि बढेको छ । आज एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो दिन‌ पनि एक अमेरिकी डलरको विक्रीदर १३१ रूपैयाँ ०० पैसा थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro