ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कुमारी बैंक र एनसीसी बैंकको स्वाप रेसियो कतिमा भयो तय ?

२०७९ मंसिर, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) एकआपसमा मर्जरमा जाने प्रक्रियामा छन् । यी दुवै कम्पनीले एकआपसमा गाभ्ने-गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन् । 

मर्जर समितिबाट दुवै  कम्पनीको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकनका लागि नियुक्त मूल्यांकनकर्ताले दुवै कम्पनीको सम्पत्ति दायित्व, कारोबारको मूल्यांकन गरिदिएको प्रतिवेदनको आधारमा मर्जर समितिले १ : १ शेयर आदान प्रदान अनुपात निर्धारण गरेको छ ।

दुवै कम्पनीको गत मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले मर्जर प्रयोजनको लागि दुवै संस्थाको शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १ : १ कायम गर्ने गरी स्वीकृत गर्ने निर्णय गरेको हो । मर्जर पश्चात बन्ने कम्पनीको चुक्तापूँजी र. २५ अर्बभन्दा बढी पुग्नेछ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro