ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एमबाप्पेको साहारामा फ्रान्स, उपाधी रक्षा गर्ला फ्रान्सले ?  

२०७९ मंसिर, ६  
अन्तरराष्ट्रिय विश्वकप विशेष
Tvs Raider Image Not Found

दोहा (कतार) फ्रान्सका खेलाडी करिम बेन्जेमा फ्रान्सेली टोली बसेको अल मसिला होटल छाडेर आइतवारै स्वदेश फर्किएका छन् । प्रतिस्पर्धा शुरु हुनु अगावै उनको विश्वकप यात्रा टुङ्गियो । अभ्यासका क्रममा घाइते भएपछि टोलीका साथीहरुले समेत बेन्जेमालाई राम्ररी बिदाई गर्न पाएनन् । कतिले त उनी गएकै थाहा पाएनन् ।

आठ वर्षसम्म विश्वकप खेल्ने कुरेका उनको यात्रा यत्तिकै टुङ्गिएको छ । यस वर्षको ब्यालन डी’ओर विजेता बेनजेमामाथि फ्रान्सेली समर्थकहरुका निकै ठूलो आशा थियो । फ्रान्सको विश्वकप टोली घोषणा हुनु अघि कयौं खेलाडीहरुको नाम छुटेको थियो । तर अर्का महत्वपूर्ण खेलाडी पनि बाहिरिको अवस्थामा धेरैको आशाको केन्द्र काइलियान एमबाप्पे बनेका छन् । 

विश्वकपको डिफेन्डिङ च्याम्पियन फ्रान्सको विश्वकप उपाधि रक्षाको लडाई शुरु हुँदैछ । बुधबार फ्रान्स र अष्ट्रेलिया आमने सामने हुनेछन् । आशा लाग्दा कयौं खेलाडीहरुको अनुपस्थितिमा टोलीलाई एमबाप्पेको उत्कृष्ट प्रदर्शनको खाँचो छ । अहिले फ्रान्सेली टोलीका लागि एमबाप्पे नै सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् । यो कुरा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पनि स्वीकारेका छन् । 

सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा तिघ्रामा चोटका कारण बेन्जेमा फ्रान्सेली टिममा थिएनन् । तर रुसमा भएको उक्त विश्वकपबाट एमबाप्पेले आफूलाई विश्व फुटबलको उदीयमान उत्कृष्ट खेलाडीका रूपमा आफूलाई प्रमाणित गरे । त्यतिबेला एमबाप्पे १९ वर्षका मात्रै थिए । सो प्रतियोगिताभर एमबाप्पेले कूल चार गोल गरे । त्यसमध्ये एक गोल क्रोएसियाविरुद्धको फाइनलमा थियो । घिल्ला विश्वकपको तुलनामा एमबाप्पे केही परिपक्व पनि भएका छन् । यसैले पनि फ्रान्सेली समर्थकहरुको साथै प्रशिक्षक डिडियरले पनि उनीबाट निकै आशा गरेका छन् । 

आफ्नो टिमलाई खाँचो परेको बेलामा निर्णायक प्रदर्शन गर्न एमबाप्पे सक्षम छन् । उनी हरेक मोडमा आफ्नो उपयोगिता प्रमाणित गर्न सिपालु रहेको डिडियरले भनेका छन् ।  एमबाप्पेले ओलिभर जिरोडसँग मिलेर फ्रान्सेली आक्रमणको नेतृत्व गर्लान् भन्ने आशा गरिएको छ । बेन्जेमाको अनुपस्थितिमा टोलीका अर्का अनुभवी ओलिभर जिरोडले पनि अवसर पाउने अनुमान गरिएको छ ।

‘उनी कति राम्रा खेलाडी हुन् भनिरहनुपर्दैन । अहिले उनी पूर्णतः खेलमा केन्द्रित छन् र उनी टिमलाई जिताउन चाहन्छन्’, फ्रान्सेली कप्तान हुगो लोरिसले भनेका छन् । फ्रान्सले सन् २०१८ को विश्वकपमा अस्ट्रेलियालाई नै हराएर नै विजयी सुरुआत गरेको थियो । यसपल्ट पनि सोही उपलब्धी दोहोरिएला हेर्न बाँकी छ । अघिल्लो प्रतियोगिताको बदला लिने अवसर खोजिरहेको अस्ट्रेलियाले अहिले फ्रान्सलाई ठूलै चुनौती दिनेछ ।

६० वर्ष अघि चिलीमा भएको विश्वकपमा ब्राजिलले लगातार दुई पटक विश्वकपको ट्रफी उचालेयता कसैले पनि सोको अवसर पाएका छैनन् । विश्वकपको ९२ वर्षको इतिहासमा यो संयोग दुई पटक मात्रै जुरेको छ । कतार विश्वकपमा फ्रान्सलाई त्यस्तै संयोग जुर्ला त ? एजेन्सी

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro