ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एमाले सचिव भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा दुई जना पक्राउ 

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय, मालाखेतीका अनुसार भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा धनगढी उपमहानगरपालिका–१४ का शेरबहादुर लामा र गोदावरी नगरपालिका–२ बस्ने दीपेन्द्र विकलाई पक्राउ गरिएको हो । दुवैलाई नियन्त्रणमा राखिएको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

मंगलवार बिहान कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएको प्रहरीले जनाएको छ। 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro