ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

डिल्लीबजार मालपोतका उपसचिवसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको आरोपमा  मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन उपसचिव परशुराम अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले निजले काठमाडौं महानगरपालिका–१६ को कित्ता नं १३९९ को ९१ दशमलव ३१ वर्गमिटर जग्गा सरकारको स्वीकृतिविना भक्तरत्न तुलाधरको नाममा कायम हुने गरी निर्णय गरेको बताएको छ । साथै अख्तियारले उनीसँग २१ लाख ३० हजार ३८१ रुपैयाँ विगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले तत्कालिन मालपोत अधिकृत सीताराम पोखरेल, तत्कालिन नायब सुब्बा ताराप्रसाद जोशी र प्रसाराम भुसाल र जग्गाधनी बन्ने भक्तरत्न तुलाधरविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro