ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

पिपुल्स हाइड्रोपावरको आईपीओ बुधवार बाँडफाँट हुँदै, क-कसले पाउलान् शेयर ?

२०७९ मंसिर, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि  बुधबार बाँडफाँट हुँदै छ ।

विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट हुनेछ ।  आईपीओमा मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ पर्न भाग्यकै भर पर्नुपर्ने देखिन्छ । यस आईपीओमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । यस आधारमा ५ लाख १५ हजार ७८८ जनाले मात्र यसको १० कित्ताका दरले शेयर पाउनेछन् ।  

कम्पनीले  कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ निष्कासन गरेको थियो । त्यसमा २ लाख ८० हजार ३२० कित्ता सामूहिक लगानी कोष र १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । 
 
बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था रहेको थियो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्कासन गरेको आईपीओलाई  रेटिङ एजेन्सी केयर नेपालले  केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व हन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro