ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रसुवामा कांग्रेसका मोहन आचार्य झन्डै १० हजार मतान्तरले विजयी, रास्वपा चौथो नम्बरमा

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता


काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतात्तरले पराजित गरेका छन् ।

आचार्यले १८ हजार २३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६१४ मत मात्रै ल्याएका छन् ।

शहरी क्षेत्रका निर्वाचन क्षेत्रमा  पहिलो, दोस्रो र तेस्रो नम्बरमा आउने राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भने चौथो नम्बरमा पुगेको छ । त्यो पनि २०० भन्दा कम मतमा सीमित भएको छ ।

यहाँ मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०, राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद देवकोटाले ७५ मत पाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro