ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेसले ६ सिट जित्दा २०७४ मा गुमाएका ३ सिट खोस्यो, एमालेले ३ सिट जित्दा ३ सिट नै गुमायो

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना चलिरहँदा अहिलेसम्म १० स्थानको नतिजा सार्वजनिक भएको छ ।  १० मध्ये नेपाली कांग्रेसले ६, नेकपा एमालेले ३ र रेशम चौधरीको पार्टी  नागरिक उन्मुक्तिले १ सिट जितेका छन् ।

कांग्रेसले ६ सिट जित्दा २०७४ को निर्वाचनमा एमालेले जितेका ३ सिट आफ्नो पोल्टामा पारेको छ । बाँकी ३ सिटमा भने २०७४ मा  पनि नेपाली कांग्रेस नै विजयी भएको थियो ।

कांग्रेसले अहिले खोसेको २ सिट मनाङ र मुस्ताङबाट हो भने एउटा काठमाडौं बाट हो । २०७४ मा जितेका मध्ये काठमाडौं १, ४ र रसुवामा कांग्रेस आफैले जित हासिल गरेको छ । 

मनाङमा कांग्रेस उम्मेदवार टेक बहादुर गुरुङ र मुस्ताङमा योगेश गौचन थकाली निर्वाचित भएका छन् । काठमाडौं ५ बाट प्रदिप पौडेल विजयी भएका छन् । काठमाडौ् १ मा प्रकाशमान सिंह, ४ मा  गगन थापा र रसुवामा  मोहन आचार्य निर्वाचित  भएका छन्।

नेकपा एमालेले ३ सिट जित्दा २०७४ मा जितेको ३ सिट नै गुमाएको छ ।  तर २०७४ मा  माओवादीले जितेको एउटा क्षेत्र अहिले एमालेले जितेपछि उ २ सिट मात्रै घाटामा छ ।

एमालेले काठमाडौं ९ र ललितपुर २ आफूले जितिरहेको क्षेत्र जितेको छ । काठमाडौं ९ मा कृष्ण गोपाल श्रेष्ठ र ललितपुर २ मा प्रेम बहादुर महर्जन विजयी भएका छन् ।
२०७४ मा माओवादीले जितेको उदयपुर २ मा  एमालेका अम्बर बहादुर रायमाझी विजयी भएका छन् । उसले मनाङ, मुस्ताङ र का७माडौं ५ गुमाएको छ ।

नेकपा माओवादी केन्द्रले भने अहिलसम्म २ सिट गुमाएको छ । एउटा सिट चुनाव अघि नै  एकिकृत समाजवादीलाई सुम्पिएको माओवादीले कैलाली ३ मा प्रतिस्पार्धा गरेर नागरिक उन्मुक्ति पार्टीलाई सुम्पिएको छ ।

उदयपुर २ मा एमालेका अम्बर बहादुर रायमाझी विजयी हुँदा कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीका  गंगा चौधरी विजयी भएका छन् । यस अघि २०७४ मा उदयपुर २ मा सुरेश  कुमार राइ र कैलाली ३ मा गौरिशंकर चौधरी निर्वाचित भएका  थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro