ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं -५ : कांग्रेसका प्रदिप पौडेल विजयी, एमाले उपाध्यक्ष पोखरेल ५ हजार मतले पराजित

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल विजयी भएका छन् ।

उनले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार बढी मतान्तरले पराजित गरेका छन् ।

केहि बेर अघि सकिएको मतगणनाको अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका छन् भने एमालेका पोखरेलले १० हजार १७२ मत पाएका छन् ।

यो निर्वाचन क्षेत्रमा यस अघि २०७४ मा पोखरेल निर्वाचित भएका थिए । अहिले उक्त क्षेत्र कांग्रेसले खोसेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro