ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

९ क्षेत्रमा स्वतन्त्र पार्टीकाे अग्रता, ६ मा एमालेसँग प्रतिस्पर्धा, अन्यत्रको प्रतिस्पर्धी को ?

२०७९ मंसिर, ६  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ ‌ओटा निर्वाचन क्षेत्रमा अग्रता बनाएकाे छ । तीमध्ये ६ ओटामा उसकाे निकटतम प्रतिस्पर्धी नेकपा एमाले छ । बाँकी ३ क्षेत्रमध्ये २ मा नेपाली कांग्रेस र १ मा हाम्रो नेपाली पाटीसँग उसकाे प्रतिस्पर्धा भइरहेकाे छ ।

काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल नेपाली कांग्रेसका भिमसेन दास प्रधानसँग प्रतिस्पर्धा गरिरहेका छन् । खनालले ६ हजार ४२३ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी प्रधानले ४ हजार १ मतसहित पछ्याइरहेका छन् ।

सुनसरी-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लाल विक्रम थापाले अग्रता बनाएका छन् । यहाँ थापाले २ हजार ६५२ मत पाउँदा एमालेका भीमप्रसाद आचार्य १ हजार ७४४ मतसहित पछि छन् ।

चितवन-१ राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ८ हजार ७०३ मतसहित अग्रता कायम गर्दा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले ७ हजार ३२९ मतसहित पछ्याइरहेका छन् । 

काठमाडौं-७ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीकाे एमालेका श्याम कुमार घिमिरेसँग प्रतिस्पर्धा भइरहेकाे छ । यहाँ पराजुलीले ५ हजार ८३७ मत पाउँदा घिमिरेले ४ हजार ४९५ मत पाएका छन् ।

काठमाडौं-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी विराजभक्त श्रेष्ठ अग्रता लिँदै ६ हजार ९२१ मत पाउँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ४ हजार ९०० मतसहित पछि छन् ।

नवलपरासी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन (ठकुरी)ले अग्रता लिँदै ७ हजार ३९१ मत पाउँदा   का‌ग्रेसका विनोद कुमार चौधरी ६८९० मतसहित पछ्याइरहेका छन् । 

चितवन-२ मा रवि लामिछानेसँग नेकपा एमालेका कृष्णभक्त पोख्रेलको प्रतिस्पर्धा भइरहेको छ । लामिछानेले ६ हजार ६२४ मतसहित अग्रता कायम गर्दा पोख्रेल ४ हजार ७५४ मतसहित पछाडि छन् । 

काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १२ हजार १२७ मतले अग्रता कायम गर्दा एमालेका मणिराम फुयाल ८ हजार ४०३ मतसहित पछि रहेका छन् । 

ललितपुर-३ मा तोसीमा कार्कीको अग्रता रहेको छ । यहाँ कार्कीले ९ हजार ३०३ पाउँदा उनका प्रतिस्पर्धी एमालेका अमृत खड्का ६ हजार ६४३ मतसहित पछ्याइरहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro