ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रवि लामिछानेलाई झन्डै ३ हजार मतको अग्रता, शहरी क्षेत्रको गणनामा घण्टीमा एकलौटी भोट

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने झन्डै ३ हजार मतान्तरले अघि लागेका छन् ।

लामिछानेले ७ हजार ७९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका कृष्ण पोखरेलले ४ हजार ९५६ मत मात्रै ल्याएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ४ हजार ६०७ मत  ल्याएका छन् ।

शहरी क्षेत्रको मतगणना शुरू भएपछि लामिछाने निरन्तर अघि लागेका छन् ।

शहरी क्षेत्रमा मतगणना हुँदा लामिछानेको घण्टी चुनाव चिन्हमा एकलौटी मत खसेको पाइएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro