ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेसमा फेरिएला संसदीय दलको नेता ?

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताए । मंगलवार बिहान प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । यसअघि चुनावी प्रचारप्रसारका क्रममा उनले आफूलाई ‘प्रधानमन्त्रीको दाबेदार’का रूपमा उभ्याएका थिए । 

कांग्रेसबाट प्रधानमन्त्रीको दाबी गर्नेमा थापा मात्रै एक्ला छैनन्, नेता प्रकाशमान सिंह पनि छन् । उनले पनि चुनावी प्रचारप्रसारका क्रममा आफू प्रधानमन्त्रीको दाबेदार रहेको बताएका थिए । मंगलबार निर्वाचित भएपछि नेता तथा कार्यकर्तासँगको शुभकामना आदानप्रदानमा उनले आफूलाई प्रधानमन्त्री बनाउनेबारे पार्टीका साथीहरूसँग गर्ने बताए । 

तर, कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार बन्न भनेजस्तो सजिलो छैन । पार्टीको विधानमा स‌ंसदीय दलकाे नेता नै पार्टीबाट स्वत: प्रधानमन्त्रीकाे उम्मेदवार हुने उल्लेख छ । यस्ताेमा संसदीय दलको नेता बन्न न थापालाई सहज छ न त सिंहलाई नै । थापा र सिंहका लागि सबैभन्दा ठूलाे बाधक हुनुहुन्छ, अहिलेको कांग्रेस संसदीय दलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवा । 

किनकि देउवा सांसद्मा निर्वाचित हुने सम्भावना बलियो छ । बुधवार बिहानसम्मको मतगणनाको नतिजा अनुसार प्रधानमन्त्री देउवा प्रतिस्पर्धी उम्मेदवारभन्दा करिब १० हजार मतले अघि हुनुहुन्छ । उहाँले १९ हजार २२१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सागर ढकालको मत ९ हजार ८५९ छ । 

देउवा सांसदमा निर्वाचित भएको खण्डमा संसदीय दलको नेतामा उहाँको पनि दाबी रहनेछ । यस्तोमा थापा र सिंहलाई संसदीय दलको नेता बन्न त्यति सहज देखिँदैन । सांसदमा निर्वाचित भएपछि देउवाले संसदीय दलमा रुचि नदेखाउनुभए मात्रै यी दुईमध्ये एककाे संसदीय दलकाे नेता बन्ने चाहना पूरा हुन सक्छ । नभए देउवासँगकाे प्रतिस्पर्धा त्यति सहज देखिँदैन । 

यसअघि २०७४ सालकाे संसदीय दल नेताकाे निर्वाचनमा सिंह देउवासँग पराजित भएका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro