ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ललितपुर–१ मा पनि कांग्रेसले खोस्यो एमालेको सिट, कांग्रेसका उदयशमशेर राणा निर्वाचित

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन् ।

बुधवार बिहान सम्पन्न मतगणना अनुसार राणाले १७ हजार ७४ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नवराज सिलवालको मत संख्या १५ हजार ४१४ मत पाएका छन् । 

यो क्षेत्रबाट २०७४ सालमा सिलवालले राणालाई हराएका थिए । 

कांग्रेसले हालसम्म चुनाव जितेका ७ सिटमध्ये ४ सिट एमालेबाट खोसेको हो । अघिल्लो चुनावमा एमालेले जितेका मनाङ–१, मुस्ताङ–१, काठमाडौं–३ र काठमाडौं–५ मा यसपटक कांग्रेसले जितेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro