ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

लेबनानसँग श्रम सम्झौताको तयारी

२०७९ मंसिर, ७  
१० वर्ष अघि
Tvs Raider NA

श्रम तथा यातायात व्यवस्था मन्त्रालयले लेबनानसँग श्रम सम्झौताको तयारी गरेको छ । सम्झौताका लागि आवश्यक कागजपत्र तयार भइसकेको श्रम तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव चण्डेश्वर आचार्यले बताए । ‘सम्झौताका लागि सबै तयारी भएको छ, दुई देशका प्रतिनिधि बसेर हस्ताक्षर गर्नमात्र बाँकी छ,’ उनले भने । श्रम सम्झौता गर्नका लागि परराष्ट्र मन्त्रालय र कानुन तथा न्याय मन्त्रालयसँग आवश्यक सुझाव लिइएको छ । नेपाल सरकार र लेबनान सरकारबीच सम्झौताका शर्तहरूबारे सहमतिसमेत भइसकेको छ ।

नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयको कूटनीतिक पहल आवश्यक पर्छ । ‘श्रम सम्झौता नेपाली कामदारको हकहितका लागि अति आवश्यक छ । सम्झौताका लागि लेबनानी टोली नेपाल नआएकाले नेपाली प्रतिनिधिमण्डल नै लेबनान जानुपर्छ,’ उपसचिव आचार्यले भने, ‘पैसाको अभावमा नेपाली टोली लेबनान जान नसकेकाले श्रम सम्झौता रोकिएको हो ।’ नेपाली महिला कामदारको रोजगारीको प्रमुख गन्तव्य मानिएको लेबनानसँग श्रम सम्झौता हुन सकेमा कामदारका समस्यामा दुई देशका प्रतिनिधि बसेर समाधान गर्न सजिलो हुन्छ । नेपालले विश्वका १ सय ८ देश नेपाली कामदारका लागि रोजगारीका लागि खुला गरेको छ । नेपाल सरकारले बहराइन, कतार, यूएई, कोरिया र जापानसँग पनि श्रम सम्झौता गरिसकेको छ । यीमध्ये कोरियामा सरकारले नै कामदार पठाइरहेको छ । अन्य चार देशमा म्यानपावर कम्पनीहरूले कामदार पठाउँदै आएका छन् ।

वर्ष ६ अंक २५, शुक्रवार १५ असोज, २०६७

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro