ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एलजी टीभी खरीदमा आकर्षक क्यासब्याक

२०७९ मंसिर, ७  
बजार
Tvs Raider NA
author avatar अभियान संवाददाता

काठमाडौं । एलजीले आफ्ना टेलिभिजन (टीभी) खरीदमा आकर्षक अफर घोषणा गरेको छ । विश्वकप फुटबल चलिरहेको बेला कम्पनीले आकर्षक क्यासब्याक घोषणा गरेको हो । नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई दृष्टिगत गर्दै उक्त घोषणा गरिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीले एलजी टीभी हरेक खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने बताएको छ ।

क्यासब्याक क्याम्पेन, स्टेडियम कम्स होम, एलजीको टीभीहरूका लागि मात्र रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यसमा ओलेड, नानोसेल, यूएचडी र स्मार्ट टीभीहरूका विभिन्न आकर्षक मोडल समावेश छन् । ग्राहकले यी टीभीहरू देशभरका कुनै पनि एलजी शोरूम र एलजीका आधिकारिक विक्रेतामार्फत खरीद गर्न सक्ने कम्पनीको भनाइ छ ।

‘एलजी नेपालले आफ्ना ग्राहकलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ,’ कम्पनीका ब्राण्ड म्यानेजर मुकेश बैठाले भने, ‘यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो ।’

क्याम्पेनमा ३५ प्रतिशतसम्म क्यासब्याक बाहेक ग्राहकले एलजी नानोसेल टीभीका साथै नि:शुल्क एलजी साउन्ड बार, नि:शुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम लगायत अफर पनि पाउने कम्पनीको भनाइ छ । ‘नेपाली ग्राहकले केही खरीद गर्दा उत्पादनभन्दा अन्य पनि आशा राख्छन् । ग्राहक र ब्रान्डबीचको सम्बन्धको आशा गर्दछन्,’ मार्केटिङ र ब्राण्ड व्यवस्थापन विभागका डीजीएम गौरव हमालले भने, ‘ग्राहक र ब्रान्डबीचको यो भावनात्मक सम्बन्धले हामीलाई यो क्यासब्याक अफर ल्याउन मद्दत गर्‍यो । यसले आफ्ना साथी र परिवारसँग फुटबल हेर्ने अनुभवका साथै धेरै सेवा र सुविधा पनि प्रदान गर्नेछ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro