ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

एनसेलको नयाँ प्रिपेड योजना सार्वजनिक

२०७९ मंसिर, ७  
बजार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । निजीक्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले नयाँ प्रिपेड योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना ग्राहकको आवश्यकता अनुसार नयाँ योजनाहरू सार्वजनिक गरेको हो ।

नयाँ प्रिपेड प्लान अन्तर्गत तीनओटा स्टार्टर प्याकहरू सजिलो, सहयात्री प्लान र सही यो प्लान अपडेट गरिएका कम्पनीले जानकारी दिएको छ । उक्त प्याकहरू आइतवारदेखि नै सञ्चालनमा आइसकेका छन् । ग्राहकले सजिलो प्लान करसहित रू. ९७ मा, सहयात्री प्लान रू. ९८ मा र सही यो प्लान रू. ९९ मा लिन सक्ने कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार स्टार्टर प्याक अन्तर्गत ग्राहकले सिम कार्ड खरीदमा स्वत: सजिलो प्लान पाउनेछन् । त्यसमा रू. १० मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अननेट कल र ७ दिनको समयसीमा रहेको २० ओटा अननेट एसएमएस उपलब्ध हुने कम्पनीको भनाइ छ । यो प्याक लिने ग्राहकले अननेट भ्वाइस कल अन्तर्गत करसहित १ रुपैयाँ ६२ पैसा प्रतिमिनेटका दरले कल गर्न सक्नेछन् । त्यस्तै १ रुपैयाँमा पे एज यू गो डेटा र कुनै पनि नेटवर्कमा एसएमएस कर बाहेक रू. १ मा पठाउन सकिने कम्पनीको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका व्यक्ति तथा परिवारका सदस्यहरूका लागि सहयात्री प्लान उपयुक्त हुने कम्पनीले बताएको छ । यो प्लान अन्तर्गत ग्राहकले रू. १० मेन ब्यालेन्स, १०० एमबी डेटा, ७ दिनको समयसीमा रहेको १० ओटा अन नेट एसएमएस पाउन सक्नेछन् ।

सहयात्री प्लान लिने ग्राहकले भारतमा पहिलो ३ मिनेटको कलपछि १० प्रतिशत छूटमा कल गर्ने सुविधा पाउनेछन् । यो सिम लिने ग्राहकले विभिन्न ८ राष्ट्रमा अन्तरराष्ट्रिय कलमा पहिलो १ मिनेटपछि छूट पाउने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार स्टार्टर प्याक युवा वर्गलाई लक्षित गरी ल्याइएको सही यो प्लान हो । यो प्लान अन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको १ जीबी डेटा, १० मिनेट मेन ब्यालेन्स, १०० एमबी डेटा, १० मिनेट अननेट कल र ७ दिनको समयसीमा रहेको १० ओटा अननेट एसएमएस पाउनेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro